मन्त्रीको सेक्स टेप सार्वजनिक


 


कर्नाटक, पुस १

भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन् ।

सूचनाको हकसम्बन्धी एक अभियन्ताले मन्त्री मोती एक महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो देखेको भन्ने अभिव्यक्ति सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए ।

मोतीले ति महिलासँग सरुवा गर्न यौनसम्पर्कको प्रस्ताव अभियन्ताको दाबी छ । त्यहाँको स्थानीय टेलिभिजन च्यानलले मन्त्री मोती र ती महिलाबीच भएको भनिएको यौनसम्पर्कको भिडियो धमिलो पारेर प्रशारण गरिरहेको टाइम्सअफ इन्डियाले जनाएको छ ।

तर, मोतीले भने आफ्नो त्यस्तो कुनै पनि सेक्स टेप नभएको दाबी गर्दै छानबिनको माग गरेका छन् । उनले छानबिनमा पूर्ण रुपले सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्