नेपालद्वारा भारतलाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत


 


काठमाडाैं, पुस १

श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई जितका लागि १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्यसहित भारतले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो । नेपालका लागि मध्यक्रमको ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धसतकीय पारी खेल्दै अविजित ६८ रन बनाए । यस्तै नेपालका दिपेन्द्र सिहं ऐरीले ३४ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन ।

नेपालका ओपनर सन्दिप सुनार ७ रनमा आउट भए भने अर्का ओपनर आसिफ शेखले १८ रन जोडे । त्यस्तै प्रकास केसीले १३ तथा कप्तान सन्दिप लामीछानेले ७ रन जोडे । भारतका लागि राहुल चाहरले एक्लैले ५ विकेट लिए ।

सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपाली टोली आज भारतविरुद्ध जित्नैपर्ने दबाब रहेको छ । आज नेपालले भारतलाई पराजित गरे नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ । यदी नेपाल पराजित भए नेपालको सेमिफाइनल सम्भावना कठिन हुनेछ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्