Deshko News
१३ आश्विन २०८०, शनिबार

भारतसँग नेपाल ६ विकेटले पराजित



काठमाडाैं, पुस १

श्रीलंकामा जारी यु–१९ एसिया कपमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले १७३ रनको लक्ष्य दिएको थियो।

नेपालका लागि पवन सर्राफले तीन विकेट लिए भने सन्दिप लामिछानेले एक विकेट लिए। नेपालले ९ विकेट गुमाएर ५० ओभरको खेलमा प्रस्तुत गरेको लक्ष्य ४ विकेट गुमाउँदै भारतले भेटायो। लक्ष्य भेटाउन भारत ३३.२ ओभर खर्चिए।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रन बनाएका थिए। यस्तै, दिपेन्द्रसिंह ऐरी ३४, आशिफ शेख १८, प्रकाश केसी १३ रन जोड्न सफल भए। यसबाहेकका अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन्।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News