मलेसियामा ३० दिनसम्म बस्न भारतीय नागरिकलाई भिसा नचाहिने


 


एजेन्सी । मलेसियाले भारतका नागरिकलाई विना भिसा आफ्नो मुलुक प्रवेश गर्न दिने भएको छ ।

आगामी डिसेम्वरबाट लागू हुने गरी मलेसिया सरकारले भारतका नागरिकलाई भिसा नलगाई प्रवेश दिन लागेको हो ।

मलेसियाका सरकारी अधिकारीहरुका अनुसार, भारत देशका नागरिकले ३० दिनसम्म विना भिषा बस्न पाउनेछन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सो नीतिको घोषणा गर्नुभएको हो ।

बिना भिसा मुलुक प्रवेश कहिलेसम्म लागू हुने हो भन्नेबारे भने केही खुलाइएको छैन । यसअघि पर्यटक बढाउन थाइल्याण्डले पनि भारत र चीनका नागरिकलाई फ्रि भिसामा प्रवेश दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्