चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने


 


नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ ।

इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट पृथ्वीमा माटो चट्टानको नमूना ल्याइने बताएका हुन् ।

भारतले हालैमात्र चन्द्रमामा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गरी इतिहास कायम गरेको थियो । लाइभ मिन्टले जनाएअनुसार चन्द्रयान ३ पनि चन्द्रयान ३ जस्तै हुनेछ ।

तर चन्द्रयान ४ को ‘रि इन्ट्री मोज्युल’ ले चन्द्रमाको सतहबाट माटो र चट्टानको नमूना पृथ्वीमा ल्याउनेछ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो अभियान आगामी ५ देखि ७ वर्षमा पूरा हुनेछ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्