पत्रकार महासंघ उदयपुर अाफ्नै भवनमा



भाेटराज रार्इ
उदयपुर, पुस १

नेपाल पत्रकार महासंघ शाखा उदयपुरले अाफ्नै भवनमा कार्य सन्चालन थालेको छ । शाखाको नव निर्मित भवनको विहिबार न उद्घाटन भएपछि शाखाले अाफ्नै भवनबाट कार्य सन्चालन थालेको हो ।

नव निर्मित भवनको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार राजेन्द्र किँरातीको गरेका थिए । एक सभाहलसहित पाँच कोठे भवनमा कार्यालयको सम्पूर्ण कार्य सन्चालन गरिएको शाखा उपाध्यक्ष हरिकुमार राईले बताउनुभयो ।

उपाध्यक्ष राईका अनुसार भवनमा अध्यक्षको कोठा छुट्टै रहेको छ भने उपाध्यक्ष र कोषध्यक्षको तथा सचिव र सहसचिवको कोठा संयुक्तरुपमा रहेका छन् । एक गेष्ट रुप समेत रहेको छ । सभाहलसमेत रहेकोले बैंठक, पत्रकार सम्मेलन लगायतका कार्यक्रमहरु अाफ्नै भवनमा हुने उहाँले बताउनुभयो ।

लामो समय भाडाको कोठामा बसेको शाखाले आप्mनै भवनमा कार्य सन्चालन गर्न पाएपछि सजिलो र ब्यवस्थित भएको सहसचिव पर्शुराम थापाले बताउनुभयो । जिल्ला विकास समितिले उपलब्ध गराएको जग्गामा निर्मित भवन २०६७ सालदेखि निर्माण थालिएको थियो ।

कुल २० लाख ८४ हजार लागत रहेको भवन निर्माणका लागि जिल्ला विकास समिति, त्रियुगा नगरपालिका, सञ्चार मञ्त्रालय र शहरी विकास मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला प्राविधिक कार्यालय उदयपुरको प्राविधिक सहयोग रहेको छ ।

जिविस र नगरपालिकाबाट १८ लाख ६४ हजार आर्थिक सहयोग भएको छ भने सहरी विकास मञ्त्रालय र सञ्चार मञ्त्रालयबाट पनि एक एक लाखको दरले आर्थिक सहयोग जुटेको थियो । भवन निर्माणपछिको उदयपुरको पत्रकारिता क्षेत्र ब्यवस्थित अझ ब्यवस्थित हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News