विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा


 


काठमाडौँ, मंसिर १४ । अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण गर्ने घोषणा गरेका छन् ।

उनले आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।

बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म बिराज स्वयंले निर्देशन गर्नेछन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ ।

विराजले यसअघि फिल्म ‘साङ्लो’ आफैँले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो । जसले खासै व्यापार गर्न सकेन । बिराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्