शृङ्खला खतिवडा सम्भव सिरोहियासँग विवाह गर्दै


 


काठमाडौँ, मंसिर १४ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह हुने भएको छ ।

उनीहरूको मङ्सिर २८ गते होटेल हायातमा विवाह समारोह आयोजना हुन लागेको हो ।

शृङ्खलाको बुबा विरोध खतिवडाले विवाह होटेल हायातमा आयोजना गरिने जानकारी दिए ।

शृङ्खलाले यसअघि इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्