बिरामी तामाङलार्इ मलेसियाबाट अार्थिक सहयाेग


 


क्वालालाम्पुर, पुस १

काभ्रेकाे गाेकुले गाविस स्याप्लेडाँडा ७ का बिरामी अपिल कुमार भाेलान तामाङलार्इ मलेसियामा रहेकाे तामाङ समाज मलेसियाले अार्थिक सहयाेग प्रदान गरेकाे छ । गरिबीका कारण अाैषधी उपचार गर्न समस्यमा रहेका तामाङलार्इ समाजले ५१ हजार ८ सय ७९ रूपैयाँ अार्थिक सहयाेग प्रदान गरेकाे हाे ।

तामाङकाे स्पाइनल कट इन्जुरी भएकाे हाे । उनि डेढ महिनादेखी वीर अस्पतालमा उपचाररत छन् । याे राेगका महंगाे उपचार भएकाेले मलेसियाबाट अार्थिक सहयाेग संकलन गरेर पढाएकाे समाजका महासचिव छेवाङ लामाले जानकारी दिए ।

तामाङ समाज मलेसियाको पूर्व पदाधिकारी वाङजु वाईबा तामाङले बिरामीलाई रकम हस्तान्तरण समेत गरेका छन् । यसैगरी तामाङ समाज मलेसियाले आउदै गरेको तामाङ जातीको महान पर्व “सोनाम ल्होसार ” भव्यताका साथ मनाउने तयारी समेत गरेको छ ।

नेपालको ख्यातीप्राप्त कलाकाररुको साथमा सन् २०१७ जनवरी २८ तारिखका दिन कोतारायको एरिना होटेलमा सांगीतिक धमाका गर्न गईरहेको जानकारी कार्यक्रम प्रचारप्रसार समितीको समंयोजक निमाराज तामाङ ले जानकारी दिए ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्