आफू हार्नुमा रुस जिम्मेवार छ- क्लिन्टन



एजेन्सी, पुस २

अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् । रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको तर्क छ ।

हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएपछि उनी यस प्रकरणमा तानिएकी थिइन् ।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एपबीआईले चुनावको मुखमै छानबीन थाल्दा उनलाई घाटा लागेको बताइन्छ । पार्टीका दाताहरुसँग कुरा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निजी गुनासो रहेको पनि बताइन् ।

पाँच वर्ष अघि नै पुटिनले चुनावमा धाँधलीको कुरा उठाएको पनि उनले बताइन् ।  रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप ह्वाइटहाउसले लगाइरहेपछि रुसले यसको खण्डन गर्दै आएको छ ।

हिलारीले यो केबल मेरो र मेरो अभियानमा मात्रै आक्रमण नभई देशविरुद्ध रहेको जिकीर गरिन । यो विषय अमेरिकी लोकतन्त्रको अखण्डता र देशको सुरक्षासँग जोडिएको पनि हिलारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News