विधानसभामा भाजपा झन् बलियो : तीन राज्यमा स्पष्ट बहुमत, एक कांग्रेसले जित्यो


 


काठमाडौं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत ल्याएको छ । भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो । तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको बहुमतका लागि ११६ सिट आवश्यक पर्दथ्यो। कंग्रेस आईले ६५ सिट मात्र जितेको छ। दुवै एक सिट अन्य दलले जितेका छन्। ​ राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जित हात पारेको छ। कंग्रेस आईले ६९ सिट हात पारेको छ।

​छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ।​ तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ। अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ।

यी तीन राज्यमा विजयी भएसँगै सत्तारुढ भाजपाले देशको १२ राज्यहरूमा आफ्नै सरकार बनाउने भएको हो। राजस्थान र छत्तीसगढमा पराजयपछि दोस्रो ठूलो राजनीतिक दल कांग्रेसको हातमा तीन राज्य मात्रै रहनेछ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्