नबिल बैंकले ल्यायो चेक क्लियरिङ गर्न सकिने सुविधा


 


काठमाडौं, मंसिर २० । नबिल बैंकले ‘किओक्स’ मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ ।

यस सुविधामार्फत् ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक स्वयंले ‘किओक्स’ मार्फत् सोझै नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारी कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् ।

बैंकले यो सुविधा काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्