बलिउड अभिनेता जुनियर महमुदको निधन


 


मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित ६७ वर्षीय महमुदको गत राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।

अभिनेताको आज शुक्रबार अन्तिम संस्कार हुनेछ । उनको बास्तिबिक नाम भने नईम सैयदको हो ।

उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् । उनको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो ।
पछिल्ला २ महिनादेखि उनको अवस्था नाजुक हुँदै गएको थियो । महमुदले २५० बढी फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्