पुष्पा फिल्मका अभिनेता भण्डारी पक्राउ


 


हैदराबाद, मंसिर २२ । पुष्पा फिल्मका अभिनेता जगदीश प्रताप भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता भण्डारीले जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले उनलाई पक्राउ गरेको हो । जगदीशमाथि एक जुनियर आर्टिष्टको निजी फोटो खिचेर राखेको अनि फोटो देखाएर धम्काएको आरोप छ ।

उत्पीडन सहन नसकेर ती जुनिएर आर्टिष्टले नोभेम्बर २९ मा आत्म हत्या गरेकी थिइन् । जगदीश हालैका दिनमा पुष्पा–२ को शूटिङमा व्यस्त थिए ।

यस मामिलामा जगदीशको टोलीले कुनै प्रतिक्रिया दिएको छैन । आत्महत्या गर्ने युवति जगदीशको गर्लफ्रेन्ड भएको बताइएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्