Deshko News
१४ आश्विन २०८०, आइतबार

विमान दुर्घटना ,१३ जनाको मृत्यु



काठमाडौं, पुस ३

इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए ।

विमान आज सुदूरपूर्वी इलाकामा दुर्घटना भएको हो । सैन्य अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्नसमेत थियो ।

खराब मौसमका कारण सो विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय समय अनुसार बिहान ५ः३५ मा टिमिकाबाट उडेको विमान वामिनामा अवतरणको निर्धारित समयभन्दा ४ मिनेट अगाडि नै दुर्घटना भएको हो ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News