म्यानचेस्टर सिटीले आर्सनललाई २–१ ले हरायो



काठमाडौं, पुस ४

आर्सनललाई हराएर म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई २–१ ले हरायो ।

पाँचौं मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा आर्सनलले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी छोट्याउँदै दोस्रो स्थानमा पुग्ने मौका गुमायो । पाँचौं मिनेटमा थियो वालकोटले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

तर ४७ औं मिनेटमा लिरोय सेनले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए । जितपछि दोस्रो स्थानमा उक्लेको सिटीको १७ खेलबाट ३६ अंक भएको छ ।  ३४ अंकसहित आर्सनल चौथो स्थानमा छ । शीर्ष स्थानको चेल्सीको ४३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News