‘तुझसे नाराज नही जिन्दगी’ गीतका गायक अनुप घोषालको निधन


 


कोलकाता । तुझसे नाराज नही जिन्दगी जस्ता हिट गीतमा आफ्नो स्वर दिएका बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो (१५ शुक्रबार)का दिन मल्टिपल अर्गन फेल भएर निधन भएको बताइएको छ ।

पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अनुप घोषालको निधनमा शोक व्यक्त गरेकी छन् । अनुप घोषालको जन्म सन् १९४५ मा कोलकातामा भएको थियो । उनले बंगाली, हिन्दी र अन्य भाषामा थुप्रै गीतमा स्वर दिएका छन् ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्