दुई प्रतिभा सम्मानित


 


उदयपुर, पुस ३

भर्खरै मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम्मानीत मानवअधिकारकर्मी नजबुल खान “निलम” लाई एक समारोहकाबीच आईतबार उदयपुरमा पनि सम्मान गरिएको छ । आठौं मानवअधिकार राष्ट्रिय महाभेलाबाट शान्ता लक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान पुरस्कारबाट काठमाडौंमा मंसीर २४ गते सम्मानीत भएकी खानलाई मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कृत भएर जिल्लाको नाम उच्च पारेको भन्दै उदयपुरे अधिकारकर्मीहरुले सम्मान गरेका हुन् ।

उनलाई प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, प्रहरी नायव उपरिक्षक ओमबहादुर राना लगायत उपस्थित अधिकारकर्मी, पत्रकारहरुले अबीर र खादा लगाई सम्मान गरेका थिए । सहभागिहरुले खानलाई अझ उत्कृष्ठ मानवअधिकारको क्षेत्रमा काम गरी अन्तराष्ट्रिय स्तरमै पुरस्कृत हुन शुभकामना दिए ।

मुस्लिम समुदायभित्रको परिवारमा जन्मेर सानैदेखि संघर्ष गर्दै आएर अहिले अधिकारका लागि विद्रोही छोरीको रुपमा चिनिदै मानवअधिकारको क्षेत्रमा पुरस्कृत खानले यो सम्मानले आफुलाई अझ राम्रो काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले केही समयभित्रै देशमा तहल्का मच्चिने किसिमको नयाँ काम गरेर देखाउने पनि बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा अर्का युवा प्रतिभा चित्रकुमार कार्की पनि सम्मानीत भए । मंसीर २४ गतेकै दिन नेपाल जेसीसद्वारा काठमाडौंमा शाहसी युवा प्रतिभाको रुपमा उल्टो मोटरसाईकल यात्री कार्कीलाई काठमाडौंमा पुरस्कृत गरेको थियो । नेपालको पूर्व पश्चिमदेखि भारतसम्म उल्टो मोटरसाईकल यात्रा गरिसकेका कार्की सहभागिहरुले अबीर र खादा लगाई सम्मान गरेका थिए ।

कार्यक्रम राष्ट्रिय मानवअधिकार प्रतिष्ठान उदयपुर, काउराष्ट्र उदयपुर र आरटिआर्ई उदयपुरको संयुक्त आयोजना तथा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघको समन्वयमा भएको थियो ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्