भोजपुरका अग्नी पीडितलार्इ सुनसरी सेवा समाजको चार लाख सहयोग


 


भोजपुर,  पुस ४

भोजपुरका अग्नि पीडितलाई भोजपुर–सुनसरी सेवा समाजले सोमबार राहत वितरण गरेको छ । समाजका अध्यक्ष सहितको एक टोलीले सदरमुकाम भोजपुर स्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैविक प्रकोपले तयार पारेको मापदण्ड अनुसार अग्नि पिडितलाई ४ लाख १२ हजार ४ सय रुपैंया नगद वितरण गरेको हो ।

सम्पुर्ण भोजपुरेहरु एकजुट होऔं पुख्र्यौली थलोको माया र सद्भावका लागी केही गरौं भन्ने मुल नारा लिएर सो समाजले संकलन गरेको रकम आज वितरण गरिएको समाजका सचिव रेवतीरमन राईले जानकारी दिनुभयो ।

राहत पाएपछि अग्नि पीडितले आफुहरुलाई पुर्ननिमार्णमा थप उर्जा मिलेको बताएका छन् । समाजले यसअघि मृगौला पीडित र भूकम्प पीडितलाई समेत सहयोग गर्दै आएको थियो ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्