नबिल बैंक र उपाय बिजनेशबीच सम्झौता, ग्राहकले पाउनेछन् यस्ता सुविधा


 


काठमाडौं, पुस ५ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर बैंकका ग्राहकहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस साझेदारी अन्तर्गत बैंकका ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने बताइएको छ ।

नबिल बैंकका अनुसार उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्