‘भिसा लिडरसिप कनक्लेभ नेपाल २०२३’ मा हिमालयन बैंक सम्मानित


 


काठमाडौं, पुस ६ । भिसाद्वारा आयोजित भिसा कनक्लेभ नेपाल–२०२३ मा हिमालयन बैंक सम्मानित भएको छ ।

विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे, एवम् भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सेलेन्स इन पिओएस एक्विरिङ बिजनेश २०२३’ र एक्सेलेन्स इन कन्जुमर कार्डस– प्रिपेयड २०२३’ पुरस्कार प्राप्त गरेको हो ।

एक समारोहकाबीच प्रमुख अतिथि डिपुटी गर्भनर बम बहादुर मिश्रा, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्य लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरियो ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंकले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा इ–कमर्श गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।

साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले डिनर्स÷डिस्कभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।

हाल बैंकको २७० वटा एटिएम, ६५०० भन्दा बढि पिओए तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्