उपत्यकामा बिहान उच्च वायु प्रदूषण!



काठमाडौं, पुस ५
काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वायु प्रदूषण निकै बढेको छ ।

वातावरण विभागले गरेको वायु गुणस्तर अनुगमनले उपत्यकामा व्यापक प्रदूषण बढेको देखाएको हो ।

अनुगमनअनुसार बिहानको समयमा सबैभन्दा धेरै वायु प्रदूषण हुने गरेको छ । ‘बिहानको समयमा धुलोका कणहरु अत्यधिक मात्रामा देखिएको छ’ जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीले भने, ‘प्रदूषणको मुख्य कारण यहाँको ज्यादा यातायातको चाप र धुलो हो ।’

नेपालले अधिकतम वायुको मापदण्ड पिएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनेपर्नेमा १ सय २० घनमिटरसम्म पुगेको पाइएको छ ।

आइतबार साँझ पाँच बजे रत्नपार्कमा रहेको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार पिएम २.५को मात्रा एक सय २० पुगेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News