Deshko News
८ आश्विन २०८०, सोमबार

गोली हानी हत्या



काठमाडौं, पुस ५

टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको छ । एकजना बन्दुकधारीको गोली प्रहारबाट आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको हो । कालो शुट र टाईमा सजिएर आएका बन्दुकधारीले सोमबार राजदूत कार्लोभमाथि गोली चलाएका थिए ।

उनको उपचारका क्रममा निधन भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार कालो सुट टाईमा सजिएर आएका युवकले फोटो एक्जिबिसनमा सहभागी भई भाषण गरिरहेका राजदूतमाथि पेस्तोलबाट गोली चलाएका थिए ।

आक्रमणकारीले इस्लामिक स्टेटले प्रयोग गर्ने शब्द ‘अल्लाह अकबर’ उच्चारण गरेको बीबीसीले लेखेको गरेको छ । सिरियामा भइरहेको गृहयुद्धमा रसियाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ ।

यही कारणले आइएसका विद्रोहीहरु रसियाप्रति आक्रोसित रहँदै आएका छन् । यसैवीच यसै साता अलेप्पोमा त्यहाँको सत्तापक्ष र विद्रोहीवीच भिषण युद्ध भएको छ । सिरियाको युद्धको असर उसको छिमेकी देश टर्कीमा समेत पर्दै आएको छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News