लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो


 


काठमाडौं, पुस ५

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १-० ले हराएको हो ।

मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे । जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३७ अंक भएको छ ।

समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्