भाेजपुरमा पुस १० गतेबाट मतदाता नामावली संकलन हुने


 


भाेजपुर, पुस ५

जिल्ला निर्वाचन कार्यालय भोजपुरले यही पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । भोजपुरको ५४ गाविस र २ नगरपालिकामा पुष १० गतेदेखि माघ १८ गते सम्म नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निवार्चन कार्यलय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए ।

नामावली संकलनको लागि फिल्डमा खटिने कर्मचारीलाई कार्यलयले तालिम समेत दिइरहेको छ । कार्यालयका अनुसार नामावली संकलनपछि उक्त नामावली उपर १५ दिने दावी विरोधको कार्यक्रम समेत सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीको भनाई छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्