वामी सेवा समिति जापानको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा थापा


 


काठमाडौं, पुस १८ । वामी सेवा समिति जापानले दिलिप थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ ।

टोकियोको शिबुयास्थित मनसुन बारमा भएको सातौं अधिवेशनले थापाको अध्यक्षतामा गरेको समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे, उपाध्यक्षमा विष्णु प्रसाद सापकोटा, महासचिव गोकुल खत्री, सचिव सुजन खत्री, सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटालाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा खिम बहादुर खत्री, मख्खन घर्ती, सुवास परियार, यज्ञ प्रसाद घिमिरे, प्रकाश जिसी, खिम बहादुर नेपाली, टंक लामिछाने, बावुराम काफ्ले, शिव केसी, डिवी रायमाझी, देव सापकोटा चयन भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आएको छ ।

समितिले जापान तथा नेपालमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनेदेखि गुल्मीको वामीमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्