आमिर खानकी छोरी इराले प्रेमीसंग गरिन् बिहे (तस्बिरसहित)


 


काठमाडौं, पुस १९ । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन् ।

इराले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरूले बुधबार मुम्बईस्थित ताज होटलमा विवाह गरेका हुन्।

उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए। उनीहरूले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए ।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए । नुपुर फिटनेस कोच हुन् । इरा आमिर खान र उनकी पहिलो श्रीमती निर्माता रीना दत्तकी छोरी हुन् ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्