Deshko News
१४ आश्विन २०८०, आइतबार

भोजपुरका आगलागी पीडितलार्इ आर्थिक सहयोग प्रदान



भोजपुर, पुस ६

भोजपुरका आगलागी पीडितलार्इ आर्थिक सहयोग प्रदान हुन थालेको छ । विभिन्न ठाउँमा जुटेको आर्थिक सहयोग भोजपुर क्षेत्र न‌ १ का सांसद ए‌व पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले २ लाख ६१ हजार पाँच सय प्रदान गरेका हुन् ।

यो रकम अमेरिकामा बस्ने पेम्बा शेर्पा, सञ्जय शेर्पा र गोम्बा शेर्पाबाट ७५ हजार, भोजपुर–काठमाडाै सम्पर्क मञ्चबाट ६६ हजार पाँच सय, सांसद उमेश श्रेष्ठबाट ५० हजार, पासाङ ल्याह्मु कलेजका शिक्षकहरुबाट ३५ हजार र थ्ररंगु बुद्दिष्ट मोनास्ट्रिबाट ३५ हजार रकम सांसद शेर्पाले जिल्ला दैवि प्रकोप उद्दार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालार्इ हस्तान्तरण गरेका हुन् ।

यस अघि पनि भोजपुर शेर्पा समाज काठमाडौंबाट उठेको १ लाख १७ हजार आठ सय ८० रुपैयाँ शेर्पाले प्रदान गरेका थिए । गत मंसिर ५ गते भोजपुरमा भिषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका थिए ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News