पूर्वमिस नेपाल अश्मी श्रेष्ठले प्रेमीसँग गरिन् इन्गेजमेन्ट


 


काठमाडौं, पुस २० । पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् ।

उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् । उनले इन्स्टाग्राममा भिडियो जारी गर्दै आफू इन्गेज भएको जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं ।’ उनको उक्त भिडियोमा मिस नेपालहरुलगायतका सेलिब्रेटीहरुले बधाई दिएका छन् ।

अश्मी र सशांकलाल एक वर्ष यता प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्