नेपाल क्रिकेट संघकाे साधारण सभाकाे एनसिएसएसद्वारा चर्काे अालाेचना



काठमाडौं ६ पौष

आइसिसी द्वारा निलम्बित नेपाल क्रिकेट संघको मंगलबार सम्पन्न साधारणसभाको नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) ले चर्को आलोचना गरेको छ । समाजका सचिब बिमल पौडेलले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै समर्थक समाजको औपचारिक धारणा बाहिर ल्याएका हुन ।

आन्तरिक विवाद र राजनीतिका कारण क्रिकेटको अन्तराष्ट्रिय निकाय (अाइसिसी ) बाट निलम्बनमा परेको र राष्ट्रिय खेलकुद परिषदबाट अबैधानिक घाेषित नेपाल क्रिकेट संघ (क्यान) ले हिजो राजधानीमा गरेको साधरण सभा प्रति नेपाली क्रिकेट समर्थक समाजको गम्भिर ध्यानाकर्षण भएको उक्त बिज्ञप्तिमा भनिएको छ ।

सम्मानित अदालतमा आँफैले मुद्दा दायर गरेर निर्णय नआईसकेको स्थितिमा नेपाली क्रिकेटलाई निकास दिन अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको प्रयास एवम् कदममा चुनौती दिने उदेश्यले अबैधानिक रुपमा आँफु निकटका केहि जिल्ला प्रतिनिधि र सुभेच्छुकलाई बोलाएर साधारण सभाको नाटक मञ्चन भएको प्रति नेपाली क्रिकेट समर्थक समाजको घोर आपत्ति प्रकट गर्दछ, विज्ञप्तीमा भनिएकाे छ ।

नेपाली क्रिकेटलाई निकास दिन अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको कदमलाई चुनौती दिंदै भाँजो हाल्ने उदेश्यले अबैधानिक रुपमा एकै बर्षमा दुई पटक साधारण सभा गरेर ताण्डव नृत्य देखाउन खोज्नु नेपाली क्रिकेटको अवमुल्यन गर्न खाेजेकाे समेत बिज्ञप्तिमा उल्लेख छ ।

“नेपाली क्रिकेटका अभिभावक यी तिनै निकाय अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद कतैबाट पनि मान्यता नपाएपछि रन्थनिँदै पुनः आँफैंलाई आधिकारिक घोषणा गर्दै गरिएको साधारण सभाले नेपाली क्रिकेट र अदालतको अपहेलना गरेको नेपाली क्रिकेट समर्थक समाजको बुझाई छ । साथै आँफैले मान्यता नदिएको निर्वाचित नेपाल क्रिकेट संघ ( क्यान )को साधारण सभामा उपस्थित आफ्ना कर्मचारीलाई कारबाही गर्न नेपाली क्रिकेट समर्थक समाजले राखेप माझ अपिल समेत गरेकाे छ ।

यस अगाडि नै साधारण सभाको खबर सार्बजनिक हुन साथ यो नाटकिय र हास्यास्पद भन्दै आइ सि सिले बनाएको सल्लाहकार समितिलाइ काम गर्न नदिने खेल भएको भन्दै सामाजिक सन्जालमा क्रिकेट समर्थकहरुले साधारणसभाको बिरोध गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News