‘ओशो सन्यासी’ बनेकी नम्रता सापकोटाको गोवामा योग पोज


 


‘अन्तराल’ डेब्यु अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेको डेढ वर्ष भयो । त्यसयता उनको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।

‘छक्कापञ्जा’ अभिनेत्री समेत रहेकी नम्रतालाई लिएर यतिबेला नयाँ खबर छ । उनले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्