हिन्दी भाषामा ‘जय मधेश’ गीत सार्वजनिक


 


काठमाडौं । बलिदानी दिवसको अवसर पारेर ‘जय मधेश’ गीत सार्वजनिक भएको छ ।

उदितनारायण झा र रविराज साहको स्वरमा ‘मधेश गान’ यही माघ ५ गते वीरगञ्जमा सार्वजनिक गरिएको हो ।

मधेश सरकारको पनि सहयोग रहेको उक्त गीत सार्वजनिक कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरु, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सांसदलगायत उपस्थित थिए ।

गीत हिन्दीमा भाषामा ल्याइएको छ । मधेश प्रदेशमा विशेष गरेर मैथिली, भोजपुरी भाषा बढी बोलिन्छ । उक्त गीत हिन्दी भाषामा गाइएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।

यद्यपि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने गीत रिलिजको स्वागत गरेका छन् ।

रामभरोस कापडी र डा. सागरको शब्द रहेको गीतमा रविराज साहको संगीत र डीजे भरालीको एरेन्ज छ ।

उक्त गीतको भिडियोमा मधेश प्रदेशका आठवटै जिल्लाका दृश्य समेटिएका छन् । प्रदेशको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई यसमा समेटिएको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्