फिल्म ‘नमेटिने घाउ’ बन्ने, प्रधानमन्त्रीको भूमिकामा ओली देखिने


 


काठमाडौँ, माघ १४ । फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा आधारित फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त फिल्म बन्ने घोषणा गरिएको हो ।

त्यसक्रममा फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने जानकारी दिइयो । यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए ।

अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्ने फिल्ममा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्