‘मिसेस वर्ल्ड’को उपाधि जर्मनकी जुलियाले जितिन्, नेपाललाई पनि अवार्ड


 


काठमाडौँ । ‘मिसेस् वर्ल्ड–२०२३’ को उपाधि जर्मनीकी महिला जुलिया क्यारोलिनले जितेकी छिन् ।

अमेरिकाको लास भेगासमा सम्पन्न विश्वका ५७ भन्दा बढी देशका महिलाहरूको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरण विभिन्न ३८ देशका प्रयिागीलाई पराजित गर्दै जुलियाले उपाधि जितेकी हुन् ।

मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गरेकी थिइन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै ह्युमनिटेरियन अवार्ड हात पार्न सफल भएकी छन् ।

प्रतियोगिताको शीर्ष बाहेकको अन्य सात उपाधिमा नेपालले ह्युमनिटेरियन जित्न सफल भएको हो ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्