भोजपुरका आगलागी पीडितलाई काठमाडौँबाट सहयाेग


 


काठमाडौँ, पुस १०

भोजपुरका आगलागी पीडितका लागि सामुदायिक सेवा केन्द्र बौद्ध, काठमाडौँले राहत स्वरुप नगद ५९ हजार १ सय २० रुपैयाँ सहयोग गरेको छ । सामुदायिक सेवा केन्द्र, भोजपुरकी अध्यक्ष लीलामाया तामाङमार्फत उक्त रकम हस्तान्तरण गरिएको भोजपुर आगलागी पीडित राहत सहयोग सङ्कलन संयोजक देवी घिमिरेले बताए ।

उनका अनुसार बौद्धनाथ क्षेत्रका विभिन्न सङ्घसंस्था एवम् व्यक्तिहरूबाट पहिलो चरणमा प्राप्त उक्त सहयोग रकम तत्कालै हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्