भाेजपुरमा बसकाे ठक्करबाट एक गम्भिर घाइते


 


भाेजपुर, पुस १०

भोजपुर नगरपालिकामा बसको ठक्करवाट शनिबार अपरान्ह एक बृद्धा गम्भिर घाइते भएकी छन् । भोजपुरबाट चखेवा तर्फ जाँदै गरेको को १ ख ३३६९ नं को बसले भोजपुर नगरपालिका–३ बोखीमकी ७० वर्षिया बृद्धा भगवती राईलाई ठक्कर दिदां उनी गम्भिर घाइते भएकी हुन् ।

बस र चालकलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्