यू–१९ विश्वकप खेलेका खेलाडीले पाए पुरस्कार


 


काठमाडौं, माघ २८ । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् ।

नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई सम्मानसहित नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले आइतबार मन्त्रालयमा जनही तीन लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै प्रमुख प्रशिक्षक जगत टमाटाले २ लाख रुपैयाँ र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवाले जनही १ लाख पाएका छन् ।

खेलकुद मन्त्रालयले पोहोर फागुनमा विश्वकप छनोट भएपछि खेलकुद पुरस्कार अनुसुची अनुरुप घोषणा गरिएको रकम खेलाडीलाई हस्तान्तरण गरेको हो ।

नेपाल सरकार र क्यानले गत फागुनमा विश्वकप छनोट भएपश्चात युवा टोलीलाई पुरस्कारको घोषणा गरेको थियो । अब यू–१९ टिमले एसिया कप छनोट भएवापत क्यानले घोषणा गरेको ५० हजार रुपैयाँ भने प्राप्त गर्न बाँकी रहेको छ ।

यू–१९ टिमले विश्वकप छनोट वापत नेपाल क्रिकेट संघ ९क्यान०बाट घोषणा भएको १ लाख रुपैयाँ भने गत बिहीबार नै प्राप्त गरिसकेका छन् ।

नेपाल सरकारबाट जनही ३ लाख पाउने खेलाडीहरुमा देव खनाल (कप्तान), दिपेश प्रसाद कंडेल (उपकप्तान), दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम के।सी र मिलन बोहरा छन् ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्