एलिना चौहानको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी


 


काठमाडौँ, फागुन १ । गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ ।

आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ ।

गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्