सीतारामको नयाँ उत्पादन ‘स्पेसल मिल्क फर टि एन्ड कफी’


 


काठमाडौँ, फागुन २ । डेरी उत्पादनद्वारा ग्राहकहरु माझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘स्पेसल फर टि एन्ड कफी’ बजारमा ल्याएको छ ।

सितारामले श्रीपञ्चमीको अवसरमा आज (बुधबार)देखि नयाँ उत्पादन बजारमा ल्याएको हो । सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रालिको दाबी छ ।

चिया र कफीका पारखी एवम् साना तथा ठूला चिया पसल, क्यान्टिन, पार्टी प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध एक लिटरको पाउचमा ल्याएको हो ।

सीताराम गोकुल मिल्क्सले विगत २८ वर्षदेखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्