पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त रजिष्टारलार्इ समाजकाे बधार्इ ज्ञापन



मोरङ, पुस ११

पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार प्रमिला थापालाई साेमबार औपचारिक बधार्इ ज्ञापन गरेको छ । बधार्इ कार्यक्रममा सरोकार समाज का अध्यक्ष सन्जिब रोकाहाले विश्वविद्यालयको केन्द्रिय कार्यालय गोठ गाउँ सार्ने आफुहरुको अभियानलाई सार्थक बनाउन रजिष्टारबाट सकारात्मक सहयोगको अपेक्षा गरेकाे बताए ।

कार्यक्रममा विश्वविद्यालयलार्इ हाम्रो र राम्रो बनाउने अभियानमा सिंगाे नागरिक समाजले सहयोग गर्ने प्रतिबद्दता समेत समाजले जनाएकाे थियाे । राेकाहाले आफुहरुले बिगतमा अगाडी सारेका एजेन्डालाई अध्ययन गरी समाधानको लागि सहकार्य गर्न आग्रह गरेका थिए ।

परिक्षा प्रणालीमा सुधार विश्वविद्यालयकाे भिजन तर्जुमा लगायत मेडिकल कलेज र केन्द्रिय कार्यालयमा आफूहरुको विशेष चासो रहेको बताए । नबनियुक्त रजिस्ट्रार थापाले आफू नागरिक अभियानको जहिल्यै सम्मान गर्ने बताउदै आफ्नो कार्यकालको केही समय हेर्न आग्रह गर्नुभयो ।

उहाँले आगामी दिनमा आफू सधै  नागरिक  समाजको साथमा विश्वविद्यालयलार्इ  सुदृढ बनाउन लागिपर्ने प्रतिबद्दता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News