तलव दिन नसक्दा झुटो आरोप लाग्यो– कृष्ण कँडेल


 


काठमाडौँ, फागुन ४ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले तलव दिन नसक्दा केही कर्मचारीले कपोल्कपित आरोप लगाएर आफूलाई सिध्याउने खेल सुरु गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँ पत्रकार सम्मलेन गर्दै उनले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन गरेका हुन् ।

कँडेलले भने, ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ,’ उनले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको भन्दै कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो भएको बताएका छन् ।

राम्रो गर्दा पनि आफूले भ्रष्टाचार गरे जस्तो गरेर विभिन्न आरोप लाग्दा दुःख लागेको समेत उनले सुनाए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्