आज फागुन ११ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल ।

मेष

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

मिथुन

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

तुला

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

आज स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन पनि सक्छ ।

कुम्भ

आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

बृष

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट

लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।

कन्या

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

मकर

आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै जाती अतस् लाभ मिल्ने छैन ।

मीन

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्