नायिका रेखा थापालाई अमेरिकामा पुत्री लाभ


 


काठमाडौँ, फागुन ११ । नायिका रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छन् ।

अमेरिकामा रहेकी थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन् ।

साथै उनले आफ्नो फेसबुक पेजमार्फत ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ’, उनले पुत्रीको नाम बैभवी राज्यलक्ष्मी शाही ठकुरी रहेको समेत जनाएकी छन् ।

नायिका थापा केही महिना पहिला मात्रै अमेरिका गएकी थिइन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्