यी हुन् दिनको १ किलो बालुवा खाने महिला


 


विश्वमा केही यस्ता मान्छेहरु हुन्छन् जसले सामान्यतया अभक्ष अर्थात् खान नमिल्ने वा नहुने चिजहरु खाने गर्छन् ।

किन उनीहरुले त्यस्ता अभक्ष चिजहरु खान्छन् ? त्यस्ता चिजहरु खाएर पनि कसरी बाँच्दछन् होला ? हामी सामान्य मान्छेहरुलाई अनौठो लाग्छ ।

भारतमा एकजना यस्ती महिला छिन् जसले हरेक दिन बालुवा खान्छिन् । भारतको उत्तरप्रदेशस्थित शाहजहाँपुरकी बासिन्दा सुदामा देवीले हरेक दिन एक किलो बालुवा खान्छिन् भन्दा पत्यार नलाग्न सक्छ ।

समाचार अनुसार सुदामा देवीले आफु १० वर्षको छँदादेखि बालुवा खान सुरु गरेकी रहेछिन् ।

१० वर्षकी हुँदा उनले आफ्नी साथीसँग बालुवा खाने बाजी थापिन् । बाजी जित्नका लागि उनले बालुवा खाएर देखाइन् ।

त्यसपछि त उनलाई एक दिन दुइ दिन गर्दै बालुवा खाने बानी नै पर्यो अनि अहिले सम्म पनि उनको बालुवा खाने क्रम जारी छ ।

उनले दिनमा ४ पटक गरी १ किलो बालुवा नियमित रुपमा खाइरहेकी छिन् । यति लामेा समयदेखि नियमित रुपमा बालुवा खाँदा समेत आफुलाई कुनै बिसन्चो नभएको उनको भनाइ छ ।

उनलाई बालुवा चिनीजस्तै गुलियो लाग्ने गरेको र मीठो मानेर खाने गरेको छिमेकीहरु बताउँछन् ।

यतिसम्मकी एउटा बिहेको रात्रीभोजमा समेत उनका लागि खानाको रुपमा बालुवा मगाइएको थियो ।

उनकेा यस्तो आहार देखेर डाक्टरहरु पनि हैरान छन् र यसको कारण पत्ता लगाउन सकेका छैनन् ।

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्