मिस तामाङ २०२४ को ताज रिया लामाले जितिन्


 


काठमाडौँ, फागुन १३ । मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् ।

शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना मिस तामाङको १६ औँ संस्करणको उपाधि लामाले जितेकी हुन् ।

ग्राण्ड फिनालेमा उनलाई अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले ताज लगाइदिएकी थिइन् ।

२६ जना प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्ना विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए ।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्