इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेलविरूद्ध मुद्दा दर्ता


 


काठमाडौं, फागुन १४ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। 

कँडेलविरूद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा एक महिलाले मुद्दा दर्ता गरेकि हुन् ।

कँडेलविरूद्ध महिलाले मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २२४अनुसार हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरिएको छ ।

उक्त दफामा कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। 

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्