भोजपुरका वीरेन्द्रबहादुर कार्की सचिवमा बढुवा



काठमाडाैं, पुस १३

व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ । सभामुख, उपसभामुख, महासचिव र सचिव रहेकाे व्यवस्थापन समितिको मंगलबारको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गरेका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उनले आजै आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News