नेपालले टस हारेर पहिले फिल्डीङ गर्दै


 


काठमाडौं, फागुन १९ । त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् भने नेपालले पहिले फिल्डीङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् ।

आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ । हारको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्