बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : गायिका अधिकारी


 


काठमाडौं । गायिका समीक्षा अधिकारीले चितवनको होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले बलात्कारी पनि समाजमा दुई प्रकारका हुने उल्लेख गरेकी छन् ।

‘माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउFदै त छाड्छन् तर जीवनभर मार्छन्’ अधिकारीले लेखेकी छन् ‘जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ।’

उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

यद्दपी पोखरेलको झुण्डिएर मृत्यु भएको ‘पोस्टमार्टम’ रिपोर्ट आइसकेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्