बेल्टार–बसाहा नगरपालिका कार्यालय प्रमूख विहिन, जनताको काम प्रभावित


 


भाेटराज रार्इ
उदयपुर, पुस १४

उदयपुरको बेल्टारबसाहा नगरपालिका, कार्यालय प्रमूख विहिन बनेको छ । नगरपालिकामा भर्खरै सरुवा भइ आएका नगरअधिकृत हरिप्रसाद चापागाईले विभिन्न विदा, परीक्षा जस्ता बहाना बनाउदै हिड्ने र उनले निमित्त तोकेको कर्मचारी समेत नबसेपछि नगरपालिका कार्यालय प्रमूखविहिन भएको हो । कार्यालय प्रमुख विहिन हुँदा जनताको काममा प्रभावित भएको छ । कामका लागि नगरपालिका आएका जनता कार्यालय नहुँदा काम नभएपछि निरास भएर फर्किने गरेका छन् ।

गत मंसीर २७ गते हाजिर भएका नगरअधिकृत चापागाई जम्मा ६ दिनमात्र हाँजिर भएर पुस ६ गतेदेखि विदाको वहानामा निरन्तर कार्यालय बाहिरै छन् । उनले तोकि गएको निमित्त प्रमूख लेखापाल विष्णु भुसाल पनि विहिबार कार्यालय छाडेर हिडेपछि नगरपालिका प्रमूखविहिन बनेको छ ।

कार्यालय प्रमूख नरहे पनि तल्लो तहका कर्मचारीहरुले गर्न मिल्ने सामान्य कामहरु भने भईरहेको नगरपालिकाका कर्मचारी प्राविधिक हिरा सापकोटाले बताउनुभयो । तल्लोतहका कर्मचारीबाट नहुने जनताका विशेष कामहरु हुन नसकेपछि जनता नगरपालिकाप्रति निरास बनेका छन् ।

कार्यालय प्रमूख नहुँदा नाता प्रमाणीत, फोटो प्रमाणीत, आर्थिक कारोवार जस्ता कामहरु नभएको वडा नं. ३ का वडा नागरिक मञ्चका संयोजक कमल राईले बताउनुभयो । जनताको काम प्रभाव पर्ने गरी कुनै पनि सरकारी कार्यालयलाई प्रमूख विहिन पार्न नहुने नीयमको धज्जी उडाउदै नगरपालिकालाई प्रमूखविहिन पारिएको छ ।

जनतालाई नगरपालिकाको कामको लागि सुझबुुझ गरी काममा सजिलो होस् भन्ने हेतुले सरकारले दिएको मोवाईलसमेत नगरअधिकृत चापागाईले कार्यालयमा नछाडेर ब्यक्तिगतरुपमा प्रयोग गर्दै आएका छन् ।

गत असोज १४ मा सरकारले बेल्टारबसाहा नगरपालिका तोकेपनि लामो समय जान अटेर गरी मंसीर २७ गते हाजिर भएका थिए । ६ दिन मात्र हाजिर पछि उनी बाहिरको बाहिरै रहेका छन् ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्